

कपिलवस्तुको वाणगंगामा धमाधम टोलविकास संस्थाको पुर्नगठन हुदैँ ।। अहिले सम्म २५ प्रतिशत गठन पुरा ।। भदौ भरीमा सबै सकिने ।।



ई–साझाकुरा ,साउन २१ कपिलवस्तु
कलिवस्तुको वाणगंगा नगरपालिका भित्रा ११ वटै वडाहरुमा अहिले धमाधम टोलविकास संस्थाको पुर्नगठन सुरु गरिएको छ । कुल एक सय टोलविकास संस्थाहरु रहेको वाणगंगामा हाल रहेका टोल विकास संस्थाका पदाधिकारीहरुको कार्यकाल सकिएका कारण अहिले नयाँ पदाधिकारी चयन पक्रिया सुरु भएको हो । गत चैत्र महिनामै पुर्नगठन हुनुपर्ने भए पनि कोभिड १९ का कारण पक्रिया प्रभावित भएकाले अहिले गठन पक्रिया सुरु गरिएको नगरपालिकाका प्रवक्ता विष्णु पौडेलले बताउनुभयो । आगामी भदौ महिना भरमा सबै टोलविकास संस्था गठन भईसक्ने उहाँको भनाई छ ।
फाईल फोटो
सामुदायिक प्रयासमा टोलको संस्थागत, सामाजिक तथा आर्थिक विकास, स्थानीयस्तरमा सुशासन प्रवद्र्धन गर्ने उद्धेश्यका साथ सबै वडाहरुमा टोलविकास संस्थाको स्थापना गरिउको छ । नगरपालिकाको सहरी बस्तीहरुमा निश्चित भौगोलिक क्षेत्रभित्र रहेका सबै घरधुरी सदस्य रहने गरी स्थानीय श्रोत, साधन र जनशक्तिको उपयोग गरी जीवनस्तर उकास्ने साथै आफ्नो ठाउँको समस्याहरुको समाधान आफूबाटै समाधान गर्ने र आफूबाट समाधान गर्न नसकेमा सम्बन्धित निकायसम्म आफ्ना समस्या पु¥याई समाधान गर्न सक्ने सक्षम नागरिक बनाउने अभिप्रायले टोल विकास संस्था गठन गरिएको हो । स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी वाणगंगा नगरपालिकाले ११ वटा वडामा कुल १ सय टोलविकास संस्थाको गठन गरेको छ । गठन गरिएका मध्ये २० देखि २५ वटा टोल विकास संस्था मात्रै अहिले सम्म गठन प्रक्रिया पुरा भएका छन् ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया