

थप २ सय ५९ जनामा कोरोना पुष्टि

ई–साझाकुरा, साउन २०
मंगलबार थप २ सय ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। आज थपिएकासहित हालसम्म कुल संक्रमितको संख्या २१ हजार ९ पुगेको छ।

त्यस्तै विगत २४ घण्टामा विभिन्न अस्पतालबाट ६५ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन्। आज डिस्चार्ज भएकासहित हालसम्म १५ हजार २६ जना कोरोनाबाट निको भएका छन्।
विगत २४ घण्टामा ७ हजार ६ सय ८७ जनाको पिसिआर परीक्षण भएको छ।
देशभर ५ हजार ९ सय २५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
हालसम्म ४ लाख ६ हजारको पिसिआर परीक्षण भएको छ। त्यस्तै हालसम्म मृतक ५८ जनामा कोरोना पुष्टि भएको छ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया