

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गरेका कपिलवस्तुका एक जनालाई कोरोना



ई-साझाकुरा, साउन २०
प्रादेशिक अस्पताल बुटवलमा भर्ना भएर उपचार गराइरहेका एक जना बिरामीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
प्रादेशिक अस्पतालको प्रयोगशालामै भएको परीक्षणमा अस्पतालमा उपचाररत कपिलवस्तुका एक पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमका अनुसार कपिलवस्तुका संक्रमित आइतबार अस्पतालको आकस्मिक कक्षमा भर्ना भएर सोमबार साधारण बेडमा सरेका थिए ।

निमोनियाको उपचार गर्न आएका २२ वर्षीय ती पुरुषको रिपोर्ट पोजेटिभ आएपछि उनको उपचारमा संलग्न स्वास्थ्यकर्मी र चिकित्सकहरुलाई क्वारेन्टिनमा पठाइसकिएको सूचना अधिकारी डा गौतमलेबताउनु भयो ।
प्रादेशिक अस्पतालको प्रयोगशालामै भएको परीक्षणमा रुपन्देहीको तिलोत्तमा र स्याङ्जाका एक–एक जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
स्याङ्जाका संक्रमित विदेशबाट आएका हुन् । उनी पनि आफैं पीसीआर परीक्षण गराउन आएका थिए । संक्रमितहरु सबैलाई आइसोलेसनमा राखेर उपचार थालिएको डा। गौतमले बताए ।
यसैगरी तिलोत्तमाका संक्रमित कपिलवस्तुमा औषधि लिएर गएको समयमा मेडिकलका सञ्चालकका छोरीहरुमा कोरोना संक्रमण भएको थाहा पाएपछि आफ्नो पीसीआर परीक्षण गराउन अस्पताल आएका थिए ।


खबर सबै
-
मौसम विज्ञान विभागले भन्यो- अब धान नकाट्नू
-
एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै
-
चक्रवातको प्रभाव : कपिलवस्तु सहित लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम







प्रतिक्रिया