

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गरेका कपिलवस्तुका एक जनालाई कोरोना




ई-साझाकुरा, साउन २०
प्रादेशिक अस्पताल बुटवलमा भर्ना भएर उपचार गराइरहेका एक जना बिरामीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
प्रादेशिक अस्पतालको प्रयोगशालामै भएको परीक्षणमा अस्पतालमा उपचाररत कपिलवस्तुका एक पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमका अनुसार कपिलवस्तुका संक्रमित आइतबार अस्पतालको आकस्मिक कक्षमा भर्ना भएर सोमबार साधारण बेडमा सरेका थिए ।

निमोनियाको उपचार गर्न आएका २२ वर्षीय ती पुरुषको रिपोर्ट पोजेटिभ आएपछि उनको उपचारमा संलग्न स्वास्थ्यकर्मी र चिकित्सकहरुलाई क्वारेन्टिनमा पठाइसकिएको सूचना अधिकारी डा गौतमलेबताउनु भयो ।
प्रादेशिक अस्पतालको प्रयोगशालामै भएको परीक्षणमा रुपन्देहीको तिलोत्तमा र स्याङ्जाका एक–एक जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
स्याङ्जाका संक्रमित विदेशबाट आएका हुन् । उनी पनि आफैं पीसीआर परीक्षण गराउन आएका थिए । संक्रमितहरु सबैलाई आइसोलेसनमा राखेर उपचार थालिएको डा। गौतमले बताए ।
यसैगरी तिलोत्तमाका संक्रमित कपिलवस्तुमा औषधि लिएर गएको समयमा मेडिकलका सञ्चालकका छोरीहरुमा कोरोना संक्रमण भएको थाहा पाएपछि आफ्नो पीसीआर परीक्षण गराउन अस्पताल आएका थिए ।


खबर सबै
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध
-
युनाइटेड स्टुडेन्ट एकेडेमीमा १६औँ वार्षिकोत्सव : वार्षिक नतिजा प्रकाशन, चार पुर्व उप-सचिवहरुलाई सम्मान,
-
उद्योगको बक्यौता उठाउन लाग्यो नयाँ सरकार











प्रतिक्रिया