

निकुञ्जका प्रमुख संरक्षण अधिकृत सहित २ जना स्रोत नखुलेको रकमसहित नियन्त्रणमा



१९ साउन, बाँके /अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत बिष्णु रोकाय स्रोत नखुलेको रकमसहित नियन्त्रणमा लिएको छ । बा.२ झ. १८७३ नं. को गाडीमा स्रोत नखुलेको रकम लिएर यात्रा गरिरहेको सूचनाको आधारमा बुटवलबाट खटिएको आयोगको टोलीले उनीहरुलाई रुपन्देहीको सैनामैना नगरपालिका–१० बाट नियन्त्रणमा लिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । उनीहरुको साथबाट स्रोत नखुलेको ३ लाख ४८ हजार नगद र विभिन्न मितिको ५ लाख ५० हजारको बैङ्क भौचर बरामद भएको प्रवक्ता अधिकारीले बताए । दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए ।


खबर सबै
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की
-
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा
-
सरकारले विदेशसँग माग्यो उद्धार सामग्री






प्रतिक्रिया