

नेपालगञ्ज उपमहानगरपालिकाका वडाध्यक्ष र अधिकृतमा देखियो कोरोना


ई–साझाकुरा, साउन १९
नेपालगञ्ज उपमहानगरपालिकाका वडाध्यक्ष र अधिकृत स्तरका कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको छ ।
जिल्लाका विभिन्न सरकारी कार्यालयका कर्मचारीमा कोरोना देखिएपछि उपमहानगरपालिकामा कार्यरत कर्मचारी र जनप्रतिनिधीको शुक्रबार स्वाब सङ्कलन गरिएकोमा वडाध्यक्ष सहित एकजना अधिकृतस्तरका कर्मचारीमा समेत कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिनुभयो । भेरी अस्पतालको प्रयोगशालामा भएको परीक्षणको नतिजा सोमबार बिहान सार्वजनिक भएको हो ।
नेपालगञ्जको आन्तरिक राजश्व कार्यालय जिल्ला अदालत, यातायात ब्यवस्था कार्यालयपछि नेपालगञ्ज उपमहानगरपालिकामा जनप्रतिनिधी र कर्मचारीमा कोरोना देखिएको हो । नेपालगञ्जमा कोरोना नियन्त्रण र रोकथाममा अग्रमोर्चामा क्रियाशिल जनप्रतिनिधीमा कोरोना देखिएको हो । आफुलाई कोरोना भएको पुष्टि भएपछि वडा अध्यक्षले नेपालगञ्जमा समुदायस्तरमा कोरोना देखिएको भन्दै विगतमा भन्दा थप सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।


खबर सबै
-
जास्मिन बड्स स्कुलका विद्यार्थीलाई स्काउट अभिमुखीकरण
-
बाणगंगा नदीमा नुहाउन गएका दुई बालक बेपत्ता
-
शुक्रबारदेखि सम्पर्कविहिन बनेका पुर्व मेयर सिंहको अन्तत शव फेला
-
बाणगंगा ९ जिनुवामा माछा मार्न गएका बालकको कुलोमा डुबेर दुःखद मृत्यु
-
कपिलवस्तुका पुर्व मेयर सिंह बेपत्ता, अझै फेला परेनन्, खोजी कार्य जारी
-
तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’






प्रतिक्रिया