

कपिलवस्तुको बाणगंगाबाट ६ थान भरुवा बन्दुक बरामद



साझाकुरा, भलवाड । कपिलवस्तुको बाणगंगाबाट प्रहरीले बेवारिसे अवस्थामा ६ थान भरुवा बन्दुक बरामद गरेको छ । बाणगंगा नगरपालिका वडा नम्बर ९ स्थित खोजिपुर सामुदायिक वन क्षेत्रबाट उक्त बन्दुक बेवारिसे अवस्थामा बुधबार फेला परेको हो ।
ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक अर्जुन पौडेलका अनुसार वडा नम्बर ९ को वन क्षेत्रमा प्रहरीको टोलीले उक्त बन्दुक फेला पारि बरामद गरेको बताए । उनका अनुसार बरामद एक नाले भरुवा बन्दुकको बारेमा आवश्यक अनुसन्धानका लागि प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार वन क्षेत्रमा रुखको आडमा र अन्य विभिन्न स्थानमा गरि ६ थान बन्दुक फेला परेका थिए ।
कसले र किन उक्त बन्दुक वन क्षेत्रमा राखेको भन्ने सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया