मृगौला र ब्लड क्यान्सर पीडित दुई परिवारलाई नवप्रभात युवा क्लवको सहयोग

ई–साझाकुरा, साउन १७

दुवै मृगौला फेल भएर ट्रान्सप्लान्टको नजिक रहेकाबाणगंगा ४ झुँगाकाहरि न्यौँपाने परिवारलाई देशविदेशबाट बिभिन्न सहयोगी संघ, संस्था तथा ब्यक्तीहरुले सहयोग गरेका छन् । यसक्रममा आज नव प्रभात युवा क्लव ठाकुरापुरले मृगौला पिडित न्यौपाने परिवारलाई आर्थिक सहयोग गरेको छ ।

क्लवमा आवद्ध युवाहरुले खाजा रकमबाट बचाएको १७ हजार १ सय रुपैयाँ शनिबार हरिकै घरमा लगेर हस्तान्तरण गरिएको छ । क्लवका अध्यक्ष मिलन चालिसेको नेतृत्वमा गएको टोलीले सोको हो । रकम हस्तान्तरण गरे

बिभिन्न सामाजिक कार्यहरु गरिरहेको क्लवले हरिको आर्थिक अवस्था सारै कमजोर भएपछि अलिकति भए पनि उपचारमा सहयोग पुगोस् भनेर सहयोग गरेको चालिसेले बताउनु भयो ।

यस्तै क्लवले ठाकुरापुरका ब्लड क्यान्सर पिडित विष्णुहरी पोख्रेलको परिवारलाई पनि १५ हजार वितरण गरेको छ । ९ बर्षका विष्णुलाई ब्लड क्यान्सर भएपछि परिवार निकै चिन्तित रहेको छ ।

उपचारमा लाखौँ खर्च गर्नु पर्ने भएको हुँदा सहयोग गरिएको क्लवले जनाएको छ । क्लवले मानवीयता नै धर्म भएकाले सहयोग गर्न सबैलाई अनुरोध गरेको छ । दुखपिडामा रहेकालाई आफु लगायत आफ्नो टिम सहयोग गर्ने सधैँ तयार रहेको क्लवका अध्यक्ष मिलन चालिसेले बताउनुभयो । नव प्रभाव युवा क्लव सामाजिक कार्यमा अग्रसर भुमिका खेल्दै आएको सामाजिक संस्था हो ।

प्रतिक्रिया