
माछा चोर्न खोज्दा करेन्ट लागेर दुई युवाको मृत्यु




ई–साझाकुरा, भदौ १५
चितवनमा माछा चोर्न गएका दुई युवकको करेन्ट लागेर मृत्यु भएको छ। भरतपुर–८ सल्यानी टोलमा रहेको माछा पोखरीमा माछा चोर्न गएका स्थानीय युवाहरूको करेन्ट लागेर मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता डीएसपी सूर्यबहादुर थापाले जानकारी दिए।
थापाका अनुसार चुडामणी शर्मासहितका चार जनाले सञ्चालन गर्दै आएको पोखरीमा माछा चोर्न गएका स्थानीय नवराज दराई र वीरबहादुर रानामगरको करेन्ट लागेर मृत्यु भएको हो।
उनीहरूको साथमा माछा मार्न प्रयोग हुने जाली पनि भेटिएको उनले बताए। मृतकलाई हातमा विद्युत् तार समेत जोडिएको अवस्थामा भेटिएको थापाले बताए। उनीहरू दुवैको उमेर करिब ३५ वर्ष छ।
माछा चोरी हुनेक्रम बढेपछि सञ्चालकले विद्युतीय तार लगाएर रातको समयमा करेन्ट छाड्ने गरेको भेटिएको थापाले बताए।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको भन्दै प्रबक्ता थापाले मृतकको पोष्टमार्टम पछि थप कुरा पत्ता लाग्ने बताए।


खबर सबै
-
नारायणघाट–बुटवल सडक : ९०.८७ किलोमिटर सडक भने एकतर्फी कालोपत्र
-
लुम्बिनीको नीति : कृषि र प्रांगारिक उत्पादनलाई उच्च प्राथमिकता, युवालाई व्यावसायिक कृषिमा जोड्ने योजना
-
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दाङका एक युवकको घटनास्थलमै मृत्यु
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
माेतिपुरदेखि दिपज्याेती माेवाइल वर्ल्डकाे नयाँ यात्रा चारनम्बरबाट सुरु, यसरी भयाे ओपनिङ, एक महिना भारि अफर
-
बाणगंगा नदी दोहनविरुद्ध राष्ट्रिय जनमोर्चा कपिलवस्तुको कडा वक्तव्य !
प्रतिक्रिया