

माछा चोर्न खोज्दा करेन्ट लागेर दुई युवाको मृत्यु



ई–साझाकुरा, भदौ १५
चितवनमा माछा चोर्न गएका दुई युवकको करेन्ट लागेर मृत्यु भएको छ। भरतपुर–८ सल्यानी टोलमा रहेको माछा पोखरीमा माछा चोर्न गएका स्थानीय युवाहरूको करेन्ट लागेर मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता डीएसपी सूर्यबहादुर थापाले जानकारी दिए।
थापाका अनुसार चुडामणी शर्मासहितका चार जनाले सञ्चालन गर्दै आएको पोखरीमा माछा चोर्न गएका स्थानीय नवराज दराई र वीरबहादुर रानामगरको करेन्ट लागेर मृत्यु भएको हो।
उनीहरूको साथमा माछा मार्न प्रयोग हुने जाली पनि भेटिएको उनले बताए। मृतकलाई हातमा विद्युत् तार समेत जोडिएको अवस्थामा भेटिएको थापाले बताए। उनीहरू दुवैको उमेर करिब ३५ वर्ष छ।
माछा चोरी हुनेक्रम बढेपछि सञ्चालकले विद्युतीय तार लगाएर रातको समयमा करेन्ट छाड्ने गरेको भेटिएको थापाले बताए।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको भन्दै प्रबक्ता थापाले मृतकको पोष्टमार्टम पछि थप कुरा पत्ता लाग्ने बताए।


खबर सबै
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन






प्रतिक्रिया