

रुपन्देहीमा दाहसंस्कार गर्ने बेलामा आयो कोरोना पोजेटिभ रिपोर्ट


ई–साझाकुरा, भदौ ७
रूपन्देहीको रोहिणी गाउंपालिकाका एक पुरूषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । रोहिणी गाउँपालिका–३, धकधईका ५३ वर्षीय पुरुषको शनिबार उपचारका लागि लैजाँदै गर्दा भारतको नौतनवामा मृत्यु भएको थियो ।
मृत्युपछि उनको शब नेपाल ल्याएर बुटवलको नेशनल प्याथ ल्याबमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ शाहले मिश्रको कोरोना रिपोर्ट पोजेटिभ आएको पुष्टी गरे ।
मृतकका आफन्त कृष्णचन्द्र मिश्रले पनि फेसबुकमा कोरोना रिपोर्ट सार्वजनिक गरेका छन् । योसंगै रुपन्देहीमा कोरोना संक्रमण पुष्टि भएका मृतकको संख्या ५ पुगेको छ ।
दाह संस्कार गर्दागर्दै मलामी भागाभाग
मिश्रको शवलाई आइतबार मध्यान्ह परिवारजनले दाह संस्कार गर्ने अन्तिम तयारी गरेका बेला उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । यो खबर पुगेपछि घाटमा पुगेका मलामीको पनि भागाभाग भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन शाहले कोरोना रिपोर्ट पोजेटिभ आएकाले मिश्रको शब नजलाउन आफन्तलाई आग्रह गरे पनि नमानेका बताए । रोहिणी गाउंपालिकाका अध्यक्ष सनोजकुमार यादवले शबलाई चितामा राखेर जलाउनै लागेका बेला कोरोना पुष्टि भएको खबर आएपछि धेरै मलामी भागाभाग भएको र परिवारका सदस्यले जलाएको जानकारी दिए ।
गाउँपालिका अध्यक्ष यादवले १०० जना भन्दा बढी मलामी गएको बताए । मृतकका आफन्त, मलामी गएका सबैलाई होम क्वारेन्टिनमा बस्न आग्रह गरिएको गाउँपालिका अध्यक्ष यादवले बताए ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया