

रूसले दोस्रो कोरोना भ्याक्सिन तयार गरेकाे दाबी


एजेन्सी, भदौ ७
काेराेना भाइरसविरूद्धकाे पहिलाे भ्याक्सिन (खाेप) सार्वजनिक गरेकाे रुसले दोस्रो कोरोना भ्याक्सिन पनि तयार पारेको दाबी गरेको छ । यसअघि रुसले ११ अगष्टमा एउटा भ्याक्सिनलाई प्रयोगका लागि स्वीकृति दिइसकेको छ, जसकाे नाम स्पुतनिक भी राखिएकाे छ ।
उक्त भ्याक्सिनले स्वीकृति पाएको घोषणा गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले विश्वकै पहिलो सफल कोरोनाभाइरस भ्याक्सिन तयार गरेको बताएका थिए । तर पनि त्यसका साइड इफेक्ट देखिएकाे र अन्य देशले विश्वास गरिनसकेकाे अवस्था छ । अहिले रुसले अर्को अझ सफल कोरोना भ्याक्सिन तयार पारेकाे जनकारी दिएकाे छ, जसमा कुनै साइड इफेक्ट नभएकाे बताइन्छ ।

डेलीमेलका अनुसार रुसकाे पहिलो भ्याक्सिनमा जुन साइड इफेक्ट देखिएका थिए, ती साइड इफेक्ट दोस्रो भ्याक्सिनमा देखिएकाे छैन । रूसकाे याे दाेस्राे भ्याक्सिनको नाम ‘इपिभ्याककोरोना’ राखिएको छ । यसको विकास साइबेरियाको वर्ल्ड क्लास भाइरोलोजी इन्स्टिच्युट भेक्टर स्टेट रिसर्च सेन्टर अफ भाइरोलोजी एण्ड बायोटेक्नोलोजीमा गरिएको हो ।
रिपाेर्टका अनुसार याे नयाँ भ्याक्सिन मानिसमा २ डोज दिइनेछ, जुन पहिलो डोजको १४ देखि २१ दिनमा दोस्रो डोज लगाइनेछ । यसै सालकाे अक्टोबरसम्म यो भ्याक्सिनले पनि स्वीकृति पाउने रूसी अधिकारीहरूकाे दाबी छ ।


खबर सबै
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ
-
उखु किसानले पाए साढे १२ करोड अनुदान
-
बाकेमा २३ हजार सवारीसाधन कारबाही हुदाँ उठ्यो १ करोड ९५ लाख राजस्व






प्रतिक्रिया