

वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु



ई–साझाकुरा, भदौ ७
वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–११ बस्ने ५६ वर्षीया महिलाको मृत्यु भएको हो ।
नारायणी अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा शनिबार बेलुकी साढे ७ बजे उनको निधन भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
गत साउन २२ गते स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा साउन २४ गते उनको रिपोर्ट पोजेटिभ आएको थियो । थाइराइडको विरामी उनमा ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या देखिएको थियो । स्वास्थ्य स्थिति गम्भिर भएपछि उनलाई साउन २४ गतेदेखि नै आईसीयूमा राखेर उपचार भइरहेको थियो । पछिल्लो १२ घण्टा भेन्टिलेटरमा राखिए पनि उनलाई बचाउन नसकिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
योसँगै वीरगञ्जमा कोरोना संक्रममणबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।
मृत्यु भएकामध्ये २८ जना पर्साका, ५ जना बाराका र २ जना रौतहटका छन् । जेठ ३१ गते वीरगञ्जको घण्टाघरमा मृत भेटिएको बेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । तर उनको हालसम्म पहिचान खुल्न सकेको छैन ।


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया