

मोटरसाइकल दुर्घटना हुँदा नदीमा खसेका दुई युवाको शव फेला



ई–साझाकुरा, साउन ३२
मोटरसाइकल दुर्घटनामा परेर नदीमा खसेका दुई युवाको शव फेला परेको छ।
जिल्लाको गढवा गाउँपालिका वडा नं. ७ चन्दनपुर निवासी २६ वर्षीय सुरजनारायण चौधरी र सोही ठाउँका २७ वर्षीय मनोज चौधरी गएराति भएको मोटरसाइकल दुर्घटनापछि सानो राप्ती नदीमा खसेका थिए।
मोटरसाइकल चालक सुरजनारायण चौधरीको शव गएराति नै घटनास्थल नजिकै फेला परेको थियो। पछाडि सवार मनोज चौधरीको शव भने आइतबार विहान साढे ११ बजेतिर राप्ती नदीको बीचमा फेला परेको थियो। बेपत्ता चौधरीलाई खोज्न प्रहरी प्रशासन र स्थानीय सर्वसाधारण पनि खटिएका थिए। गएराति करिव पौने ११ बजेतिर लु ५७ प ११०० नम्बरको मोटरसाइकलमा लमहीबाट गढवातर्फ जाँदै गरका उनीहरु बलरामपुरस्थित सानो राप्ती नदीको पुलको बारमा ठोक्किएर नदीमा खसेको अनुमान प्रहरीले गरेको छ।
एक प्रहरी अधिकारीले मादक पदार्थ सेवन गरी सवारी चलाएका कारण उक्त दुर्घटना भएको जानकारी दिए। शवहरु पोष्ट मार्टमको लागि लमही अस्पतालमा राखिएको छ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया