

मोटरसाइकल दुर्घटना हुँदा नदीमा खसेका दुई युवाको शव फेला


ई–साझाकुरा, साउन ३२
मोटरसाइकल दुर्घटनामा परेर नदीमा खसेका दुई युवाको शव फेला परेको छ।
जिल्लाको गढवा गाउँपालिका वडा नं. ७ चन्दनपुर निवासी २६ वर्षीय सुरजनारायण चौधरी र सोही ठाउँका २७ वर्षीय मनोज चौधरी गएराति भएको मोटरसाइकल दुर्घटनापछि सानो राप्ती नदीमा खसेका थिए।
मोटरसाइकल चालक सुरजनारायण चौधरीको शव गएराति नै घटनास्थल नजिकै फेला परेको थियो। पछाडि सवार मनोज चौधरीको शव भने आइतबार विहान साढे ११ बजेतिर राप्ती नदीको बीचमा फेला परेको थियो। बेपत्ता चौधरीलाई खोज्न प्रहरी प्रशासन र स्थानीय सर्वसाधारण पनि खटिएका थिए। गएराति करिव पौने ११ बजेतिर लु ५७ प ११०० नम्बरको मोटरसाइकलमा लमहीबाट गढवातर्फ जाँदै गरका उनीहरु बलरामपुरस्थित सानो राप्ती नदीको पुलको बारमा ठोक्किएर नदीमा खसेको अनुमान प्रहरीले गरेको छ।
एक प्रहरी अधिकारीले मादक पदार्थ सेवन गरी सवारी चलाएका कारण उक्त दुर्घटना भएको जानकारी दिए। शवहरु पोष्ट मार्टमको लागि लमही अस्पतालमा राखिएको छ।


खबर सबै
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ
-
उखु किसानले पाए साढे १२ करोड अनुदान
-
बाकेमा २३ हजार सवारीसाधन कारबाही हुदाँ उठ्यो १ करोड ९५ लाख राजस्व






प्रतिक्रिया