

३६ जिल्लाका विभिन्न ठाउँमा लकडाउन र निषेधाज्ञा



ई–साझाकुरा, साउन ३२
कोरोनाको सङ्क्रमण बढ्दै गएपछि देशका ३६ जिल्लाका विभिन्न ठाउँमा निषेधाज्ञा, लकडाउन, सिल र अत्यावश्यक बाहेकका सेवा बन्द भएका छन् । सरकारले अवस्था हेरेर लकडाउन गर्ने वा खोल्ने अधिकार सम्बन्धित जिल्ला र पालिकालाई दिएसँगै विभिन्न ठाउँमा निषेधाज्ञा, लकडाउन, सिल र अत्यावश्यक बाहेकका सेवा बन्द भएका हुन् ।
सङ्क्रामक रोग ऐन २०२० अनुसार जिल्ला प्रशासन कार्यालयले गर्न हुने र नहुने कुराको सूची जारी गर्छ । जसअनुसार निषेध गरिएका काम गरेको पाइए प्रशासनले कारवाही गर्नेछ । यो निषेधाज्ञा हो भने आवातजावतलाई पूर्ण रुपमा नियन्त्रण गर्न सिल गरिन्छ ।
यो लकडाउन भन्दा पनि कडा हुन्छ । सिल गरिएको ठाउँमा अत्यावश्यक सामग्री लगायतको व्यवस्थापन पालिका र प्रशासनले गर्ने गर्छन् । लकडाउन सिलभन्दा अलि खुकुलो, तर अत्यावश्यक बाहेक अरु सेवा बन्द हुन्छ ।
अहिलेसम्म सप्तरी, धनुषा, नुवाकोट, बाँके, पर्सा, बारा, महोत्तरी, सुनसरी, सर्लाही, स्याङ्जा, सिरहा, जुम्ला, बर्दिया, बझाङ, मोरङ, दार्चुला, झापा, कञ्चनपुर, काठमाण्डौ, ललितपुर, भक्तपुर, रौतहट, रुपन्देही, कैलाली, मकवानपुर, कपिलवस्तु, धादिङ, रुकुम पश्चिम, धनकुटा, तनहुँ, उदयपुर, सुर्खेत, पाल्पा, रामेछाप, चितवन र दोलखामा प्रशासन र पालिकाले अवस्था हेरेर सिल गर्नेदेखि निषेधाज्ञासम्म जारी गरेका छन् ।
धेरैजसो पालिकाले गरेको लकडाउन, निषेधाज्ञा, अत्यावश्यक बाहेकका सेवा बन्द र सिलको समय आज सकिँदैछ । तर अवस्था हेरेर सम्बन्धित पालिका र प्रशासनले समय थप्न पनि सक्नेछन् ।


खबर सबै
-
बीवाईडीको बदनाम किन गराइँदैछ ? : अर्थमन्त्री
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
केशव स्मृति 9A साइट फुटबलको फाइनलमा आयोजक जिनुवा र राजपुर भिड्ने
-
सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने
-
फिफा विश्वकप सुरु हुन दुई दिन बाँकी, हेरौं पूरा खेल तालिका, मिति र फाइनलको जानकारी
-
गृहमन्त्रीमा फर्कंदै सुधन गुरुङ, शपथ आजै
-
सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने
-
फिफा विश्वकप सुरु हुन दुई दिन बाँकी, हेरौं पूरा खेल तालिका, मिति र फाइनलको जानकारी
-
गृहमन्त्रीमा फर्कंदै सुधन गुरुङ, शपथ आजै
-
महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी, व्यक्तिगत प्रभावमा संस्था नै बन्धक बन्ने खतरा
-
पूर्व सांसद तथा एमाले कपिलवस्तुका नेता गुप्ताको निधन
-
रास्वपा गुल्मी सभापतिमा हरि श्रेष्ठ निर्वाचित











प्रतिक्रिया