
राष्ट्रिय नेटवर्कहरुले उत्पादन गरेका समाचार प्रसारण अर्घाखाँचीका रेडियोले अब नगर्ने

साउन ३१ अर्घाखाँची / अर्घाखाँची जिल्लाका सामुदायिक रेडियो र व्यवसायिक रेडियोहरुले नेटवर्कहरुद्धारा उत्पादित समाचार प्रसारणमा रोक लगाएका छन् । शुक्रबार जिल्लामा सञ्चालित रेडियोहरुका प्रतिनिधिहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
प्रत्येक आर्थिक वर्षमा केन्द्रमा रहेका विभिन्न रेडियो नेटवर्कहरुले मन्त्रालय, गैर सरकारी संस्था, उद्योगी, व्यापारी, संघ संस्थाहरुबाट रकम ल्याई स्थानीय रेडियोहरुसँग समन्वय र सहकार्य नगरेको भन्दै रेडियोहरुले यस्तो निर्णय गरेका हुन् । रेडियो नेटवर्कहरुले तयार पारेका समचारको विचमा प्रसारण हुने विज्ञापन स्थानीय रेडियोबाट पनि प्रसारण हुने र त्यसको प्रतिफल नदिएका कारण व्यवसायिक विकासमा समस्या परेको भन्दै अर्घाखाँचीका रेडियोहरुले यस्तो निर्णय गरेको सामुदायिक रेडियो देउरालीका प्रतिनिधि रुद्रमणि भुसालले जानाकारी दिनुभयो ।
अर्को निर्णय नहुञ्जेल सम्मका लागि कुनै पनि नेटवर्कका समाचार सम्पे्रषण नगर्ने रेडियोहरुका प्रतिनिधिहरुको संयुक्त हस्ताक्षर समझदारी पत्रमा उल्लेख छ । कुनै पनि रेडियोहरुबाट नेटवर्कका समाचार सम्प्रेषण गरेको पाईएमा कारवाहि गर्ने बताईएको छ ।
साथै बैठकले स्थानीय रेडियोहरुबाट प्रसारण हुने विज्ञापन, सुचना, बधाई तथा शुभकामना, श्रद्धाञ्जलि तथा समवेदना प्रसारणमा लाग्ने रकममा एकरुपता ल्याएका छन् । यसअघि जिल्लामा सञ्चालित रेडियोहरुले विज्ञापन सुचना, बधाई तथा शुभकामना, श्रद्धाञ्जलि तथा समवेदना प्रसारण वापत लाग्ने रकममा आ–आफ्नै मुल्य निर्धारण गरेका थिए । अब यो निर्णय सँगै अर्घाखाँचीमा रेडियोहरुको विज्ञापन र सूचना प्रसारणबापतको रकममा एकरुपता आउने भएको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया