

प्रदेश ५ मा अब ३०मिनेटमै कोरोना परिक्षणको रिपोर्ट आउने



साउन ३१ बुटवल ।प्रदेश नम्बर पाँच मा अब कोरोना परिक्षणको रिर्पाेट ३० मिनेटमै आउने गरी नयाँ परिक्षण मेसिन थप गरिएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना भाइरस परिक्षणको नयाँ सेवा शुरु भएको हो ।
नेपाल सरकार राष्ट्रिय क्षयरोग कार्यक्रम अन्तरगर्त उपलब्ध जिन एक्सपट मेशिनलाई अपडेट गरि अस्पतालमा एक्सपर्ट एक्सप्रेस सार्स कोभ टू परीक्षण सेवा शुरु गरिएको अस्पतालले जनाएको छ ।
सामाजिक विकासमन्त्री सुदर्शन बरालले शुक्रबार मेशिनबाट आफ्नै स्वाव परीक्षण गरि सेवा शुभारम्भ गरेका थिए । उनको रिपोर्ट ३० मिनेटमा नै आएको थियो । सामाजिक विकास मन्त्रालयका एक उच्च कर्मचारी कोरोना भएको पुष्टि भएको थियो ।
सामान्य पिसिआर परीक्षणको समावधि ढिला हुँदा उपचार समस्या भएको गुनासो आइरहेको बेला यो मेशिनबाट सहयोग मिल्ने मन्त्री बरालले बताए ।
मेडिकल सुपरिटेण्ड डा।राजेन्द्र खनालले मेशिनबाट कोभिड १९ को संकास्पद बिरामीको रिपोर्ट पोजिटिभ भए ३० मिनेट र नेगेटिभ भए ४५ मिनेटमा नै उपलब्ध हुने हुँदा यो धेरै प्रभावकारी हुने दावी गरे ।


खबर सबै
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम
-
सरकारले गोरखकाली टायर उद्योग ब्यूँत्याउने, ७ सार्वजनिक संस्थान पीपीपी मोडलमा चलाइने
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम
-
सरकारले गोरखकाली टायर उद्योग ब्यूँत्याउने, ७ सार्वजनिक संस्थान पीपीपी मोडलमा चलाइने
-
शिक्षा मन्त्रालयका लागि सरकारले छुट्यायो २ खर्ब १८ करोड बजेट
-
पूर्वपश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट बिनियाेजन
-
सडक पूर्वाधारका लागि ३७ अर्ब ४६ करोड विनियोजन











प्रतिक्रिया