
प्रदेश ५ मा अब ३०मिनेटमै कोरोना परिक्षणको रिपोर्ट आउने




साउन ३१ बुटवल ।प्रदेश नम्बर पाँच मा अब कोरोना परिक्षणको रिर्पाेट ३० मिनेटमै आउने गरी नयाँ परिक्षण मेसिन थप गरिएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना भाइरस परिक्षणको नयाँ सेवा शुरु भएको हो ।
नेपाल सरकार राष्ट्रिय क्षयरोग कार्यक्रम अन्तरगर्त उपलब्ध जिन एक्सपट मेशिनलाई अपडेट गरि अस्पतालमा एक्सपर्ट एक्सप्रेस सार्स कोभ टू परीक्षण सेवा शुरु गरिएको अस्पतालले जनाएको छ ।
सामाजिक विकासमन्त्री सुदर्शन बरालले शुक्रबार मेशिनबाट आफ्नै स्वाव परीक्षण गरि सेवा शुभारम्भ गरेका थिए । उनको रिपोर्ट ३० मिनेटमा नै आएको थियो । सामाजिक विकास मन्त्रालयका एक उच्च कर्मचारी कोरोना भएको पुष्टि भएको थियो ।
सामान्य पिसिआर परीक्षणको समावधि ढिला हुँदा उपचार समस्या भएको गुनासो आइरहेको बेला यो मेशिनबाट सहयोग मिल्ने मन्त्री बरालले बताए ।
मेडिकल सुपरिटेण्ड डा।राजेन्द्र खनालले मेशिनबाट कोभिड १९ को संकास्पद बिरामीको रिपोर्ट पोजिटिभ भए ३० मिनेट र नेगेटिभ भए ४५ मिनेटमा नै उपलब्ध हुने हुँदा यो धेरै प्रभावकारी हुने दावी गरे ।


खबर सबै
-
लुम्बिनीको नीति : कृषि र प्रांगारिक उत्पादनलाई उच्च प्राथमिकता, युवालाई व्यावसायिक कृषिमा जोड्ने योजना
-
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दाङका एक युवकको घटनास्थलमै मृत्यु
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
माेतिपुरदेखि दिपज्याेती माेवाइल वर्ल्डकाे नयाँ यात्रा चारनम्बरबाट सुरु, यसरी भयाे ओपनिङ, एक महिना भारि अफर
-
बाणगंगा नदी दोहनविरुद्ध राष्ट्रिय जनमोर्चा कपिलवस्तुको कडा वक्तव्य !
-
कपिलवस्तुमा आँप टिप्न जाँदा हाँगो भाँचिएर बालिकाको मृत्यु
प्रतिक्रिया