
कोरोना संक्रमितको सम्पर्कमा आएका २ सय २९ जनाको स्वाब संकलन : तौलिहवा

२०७७, ३० श्रावण शुक्रबार
कपिलवस्तु : जिल्ला सदरमुकाम तौलिहवामा कोरोना संक्रमितको संख्या बढ्न थाले पछि संक्रमितको सम्पर्कमा आएका घर परिवार तथा आफन्तजनको कोरोना परीक्षणका लागि नमूना स्वाब संकलन गरिएको छ ।

शुक्रबार तौलिहवास्थितश्री बुद्ध पद्म माविमा २ सय २९ जनाको स्वाब संकलन गरिएको कोरोना फोकल पर्सन कुमार थापाले बताए ।संकलन गरिएको नमूना स्वाब बुटवलस्थित प्रादेशिक अस्पताल पठाइएको छ ।
नमूना स्वाब दिन बुधबार कोरोनाका कारण मृत्यु भएका व्यवसायी कृष्णकुमार अग्रहरीको परिवार तथा आफन्तजन र कोरोना संक्रमित भइ हाल उपचारमा रहेका अन्य व्यक्तिका परिवार तथा आफन्तजन आएका थिए । दिनहुँजसो कपिलवस्तु जिल्लामा संक्रमितको संख्या थपिँदै गएको छ ।
जिल्ला सदरमुकाम तौलिहवाको विभिन्न क्लष्टरमा कोरोना संक्रमण देखिएको र कोरोना संक्रमण फैलन नदिन क्लष्टर अनुसार नै कोरोना परीक्षणको काम अघि बढाइएको स्वास्थ्य कार्यालयका कोरोना फोकस पर्सन कुमार थापाले बताए ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया