

कोरोना संक्रमितको सम्पर्कमा आएका २ सय २९ जनाको स्वाब संकलन : तौलिहवा



२०७७, ३० श्रावण शुक्रबार
कपिलवस्तु : जिल्ला सदरमुकाम तौलिहवामा कोरोना संक्रमितको संख्या बढ्न थाले पछि संक्रमितको सम्पर्कमा आएका घर परिवार तथा आफन्तजनको कोरोना परीक्षणका लागि नमूना स्वाब संकलन गरिएको छ ।

शुक्रबार तौलिहवास्थितश्री बुद्ध पद्म माविमा २ सय २९ जनाको स्वाब संकलन गरिएको कोरोना फोकल पर्सन कुमार थापाले बताए ।संकलन गरिएको नमूना स्वाब बुटवलस्थित प्रादेशिक अस्पताल पठाइएको छ ।
नमूना स्वाब दिन बुधबार कोरोनाका कारण मृत्यु भएका व्यवसायी कृष्णकुमार अग्रहरीको परिवार तथा आफन्तजन र कोरोना संक्रमित भइ हाल उपचारमा रहेका अन्य व्यक्तिका परिवार तथा आफन्तजन आएका थिए । दिनहुँजसो कपिलवस्तु जिल्लामा संक्रमितको संख्या थपिँदै गएको छ ।
जिल्ला सदरमुकाम तौलिहवाको विभिन्न क्लष्टरमा कोरोना संक्रमण देखिएको र कोरोना संक्रमण फैलन नदिन क्लष्टर अनुसार नै कोरोना परीक्षणको काम अघि बढाइएको स्वास्थ्य कार्यालयका कोरोना फोकस पर्सन कुमार थापाले बताए ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया