

सामाजिक विकास मन्त्रालयका सबै कर्मचारी क्वारेन्टिनमा


ई–साझाकुरा, साउन ३०
प्रदेश ५ सामाजिक विकास मन्त्रालयका उच्च तहका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रालयका सबै कर्मचारी क्वारेन्टिनमा बसेका छन्।
मन्त्रालयको कोरोना नियन्त्रणमा नियमित तथा सक्रिय रूपमा खटिएका ती अधिकारीको पिसिआर परीक्षण गर्दा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो।

अहिले सामाजिक मन्त्रालयमा कार्यरत कर्मचारी तथा उनको सम्पर्कमा आएका व्यक्तिको स्वाब संकलन गर्ने काम भइरहेको मन्त्रालयले जनाएको छ।
प्रदेश ५ स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद गिरीले मन्त्रालयका एक अधिकारीलाई कोरोना संक्रमण भएको पुष्टि गरे। मन्त्रालयका कर्मचारी क्वारेन्टिनमा रहे पनि मन्त्रालयबाट गरिने नियमित सेवा भने नरोकिने गिरीले जानकारी दिए।
ती कर्मचारीमा संक्रमण पुष्टि भएपछि सामाजिक विकास मन्त्री सुदर्शन बराल र डाक्टर गिरीको स्वाब पनि परीक्षण गरिएको थियो। उनीहरूको रिपोर्ट भने नेगेटिभ आएको छ।


खबर सबै
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कपिलवस्तुमा मानसिक स्वास्थ्यदेखि साइबर सुरक्षासम्म सचेतना फैलाउँदै लायन्स क्लब
-
कपिलवस्तुको बाणगंगाबाट ६ थान भरुवा बन्दुक बरामद
-
पाल्पा जिप दुर्घटना : १० जना घाइते






प्रतिक्रिया