

कांग्रेस क्रियाशिल सदस्य भट्टराईको गयराती निधन, लक्ष्मणघाटमा अन्त्यष्टि गरियो




साउन २८ कपिलवस्तु नेपाली कांग्रेसका क्रियाशिल सदस्य छविलाल भट्टराईको गयराती निधन भएको छ । कपिलवस्तुको वाणगंगा नगरपलिका वडा नम्बर ७ मोतिपुर निवासी भट्टराईको गयराती निधन भए पनि आज बिहान अन्त्यष्टि गरिएको छ । स्वर्गिय भट्टराई वि.सं. १९९५ फाल्गुण १९ गते अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका ठाडामा जन्मनुभएको थियो । लामो समय सम्म नेपालको प्रजातान्त्रिक राजनितिक आन्दोलनमा सहभागि हुँदै पछिल्लो समय नेपाली कांग्रेसको क्रियाशिल सदस्यको रुपमा जिल्लाको वाणगंगाको कांग्रेस राजनितिमा सक्रिय रहनुभएको कांग्रेस वडा कार्यसमितिले जनाएको छ । भट्टराई वि.स. २०२८ सालमा अर्घाखाँचीबाट बसाईसराई गरी कपिलवस्तुको मोतिपुरमा स्थायी बसोबासका लागि आउनुभएको थियो । उहाँ झण्डै दुई दशक कुलापानीको सहायक बडघर सम्हाल्दै, करिब ८ वर्ष सम्म स्थानिय दुर्गा मन्दिर व्यवस्थापन समितिको अध्यक्षको रुपमा रही पनि काम गर्नुभएको थियो । भट्टराईका दुई छोरी र तीन छोराहरु रहनुभएको छ ।
स्वर्गीय भट्टराईको आज लक्ष्मणघाटमा अन्तिम श्रदान्जली प्रकट गरिएको छ । कांग्रेस क्षेत्रीय सदस्य दुर्गा केसीले पार्टीको झण्डा ओडाएर उहाँप्रति अन्तिम श्रद्धान्जली प्रकट गरी दाहसंस्कार भएको हो । भट्टराईको अन्त्यष्टिका लागि नेपाली कांग्रेस वडा नम्बर ७ वडा सभापति तेजबहादुर पछाई र वडा सचिव छत्रमणी पाण्डेको सहजीकरणमा श्रद्धान्जी शभा सम्पन्न भएको थियो ।


खबर सबै
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध
-
युनाइटेड स्टुडेन्ट एकेडेमीमा १६औँ वार्षिकोत्सव : वार्षिक नतिजा प्रकाशन, चार पुर्व उप-सचिवहरुलाई सम्मान,











प्रतिक्रिया