बुधबार सात सय छत्तीस थपिए संक्रमित, तेह्रको मृत्यु

बुधबार थपिएका संक्रमितमध्ये काठमाडौँका २९४, ललितपुरका ७७ तथा भक्तपुरका २० रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । हालसम्म काठमाडौँमा मात्र ९३ हजार ७९६ संक्रमित भएका छन् भने ४५० जनाको कोरोनाबाट मृत्यु भएको छ । हालसम्म ८९ हजार १७९ जना कोरोनाबाट निको भएका मन्त्रालयले जनाएको छ ।

यस्तै ललितपुरमा हालसम्म १४ हजार ५९८ संक्रमित भएका छन् । तीमध्ये १३७ जनाको मृत्यु भएको छ । तेह्र हजार ६९९ कोरोनाबाट मुक्त भएका छन् । भक्तपुरमा हालसम्म आठ हजार ५४८ जना कोरोनाबाट संक्रमित भएकामा आठ हजार १०० जना मुक्त भएका छन् । कोरोनाबाट भक्तपुरमा ९७ जनाको मृत्यु भइसकेको छ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १३ को मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ७४३ पुगेको मन्त्रालयले जनाएको छ । मङ्गलबार कोरोना संक्रमणबाट १४ जनाको ज्यान गएको थियो । बुधबार मृत्यु हुनेमा तीन जना काठमाडौँ उपत्यकाका छन् ।

प्रतिक्रिया

खबर सबै