

बुधबार सात सय छत्तीस थपिए संक्रमित, तेह्रको मृत्यु


बुधबार थपिएका संक्रमितमध्ये काठमाडौँका २९४, ललितपुरका ७७ तथा भक्तपुरका २० रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । हालसम्म काठमाडौँमा मात्र ९३ हजार ७९६ संक्रमित भएका छन् भने ४५० जनाको कोरोनाबाट मृत्यु भएको छ । हालसम्म ८९ हजार १७९ जना कोरोनाबाट निको भएका मन्त्रालयले जनाएको छ ।
यस्तै ललितपुरमा हालसम्म १४ हजार ५९८ संक्रमित भएका छन् । तीमध्ये १३७ जनाको मृत्यु भएको छ । तेह्र हजार ६९९ कोरोनाबाट मुक्त भएका छन् । भक्तपुरमा हालसम्म आठ हजार ५४८ जना कोरोनाबाट संक्रमित भएकामा आठ हजार १०० जना मुक्त भएका छन् । कोरोनाबाट भक्तपुरमा ९७ जनाको मृत्यु भइसकेको छ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १३ को मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ७४३ पुगेको मन्त्रालयले जनाएको छ । मङ्गलबार कोरोना संक्रमणबाट १४ जनाको ज्यान गएको थियो । बुधबार मृत्यु हुनेमा तीन जना काठमाडौँ उपत्यकाका छन् ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया