

समाजवादी युवा संघद्धारा पुष ३ र ४ गते लुम्बिनीमा प्रशिक्षण आयोजना तय


मंसिर २५ कपिलवस्तु ।
जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी युवा संघ लुम्बिनी प्रदेश समितिको बैठक आज वुटवलमा सम्पन्न भएको छ ।
नेपालको राजनितिक तथा वैचारिक सवालमा युवाहरुको विशेष भुमिका अपरिहार्य महशुस गर्दै सोका लागि विषेश योजना सहित लाग्नुपर्ने बैठकले निश्कर्ष निकालेको जनता समाजवादी पार्टी नेपालका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले जानकारी दिनुभयो । त्यस्तै सम्पन्न बैठकले आगमी पुष ३ र ४ गते लुम्बिनीमा युवाहरुका लागि रजानितिक तथा वैचारिक प्रशिक्षणको आयाजना गर्ने पनि निर्णय गरको छ ।
सम्पन्न बैठकमा जनता समाजावदी पार्टी नेपालका प्रदेश अध्यक्ष यादव सहित मुख्य सचिव यज्ञ पोख्रेल, समाजवादी युवा संघका केन्द्रिय उपाध्यक्ष अस्लम खाँन, केन्द्रिय सदस्यहरु सनोज यादव, पशुपति यादव, रेनु सिँह, नवाव शाह, मुक्तिनाथ यादव (भोला) लगाएतले धारणा राख्नुभएको थियो ।
बैठक समाजवादी युवा संघ केन्द्रिय उपाध्यक्ष अस्लम खाँनको अध्यक्षतामा सम्पनन भएको जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश समितिले जानकारी दिएको छ ।


खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया