

दाङमा पनि राजसंस्था पक्षधरको जुलुस


मंसिर १८ दाङ ।
देशव्यापि राजतन्त्रको पक्षमा नारा जुलुस र प्रर्दशन चर्किरहेका बेला लुम्बिनी प्रदेशको राजधानी तोकिएको जिल्ला दाङमा पनि राजावादीहरुले प्रर्दशन गरेका छन् ।
बिहीवार दाङको घोराहीमा पनि जिल्लाबाट उल्लेख्य मानिसको उपस्थतिमा नागरिक समाज तथा राजसंस्था पक्षधर विभिन्न पार्टी तथा संघ संस्थाहरुले प्रदर्शन गरेका छन्।
राजसंस्था पुनर्स्थापनाको माग राख्दै आएका विभिन्न पार्टी तथा संघ संस्थाले ‘राजा आऊ देश बचाउ’ भन्दै मोटरसाइकल र्यालीसहित प्रदर्शन गरेका हुन्।
ुसंवैधानिक राजतन्त्र हिन्दु राष्ट्र कायम गरु, ुनीतिगत भ्रष्टाचार अन्त्य गरु भन्दै देशमा भएका हत्या हिंसा, बलात्कारजस्ता घटनाबारे विरोध गर्दै उनीहरुले प्रदर्शन गरेका थिए।
प्रदर्शन क्रममा निकालिएको मोटरसाइकल र्याली घोराही बजारका विभिन्न स्थान परिक्रमा गरी तुलसीपुर चोकमा पुगी कोणसभामा परिणत भएको थियो। उक्त कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य भोलानाथ योगी, स्वतन्त्र नागरिक समाजका संयोजक कुल बहादुर घर्ती, राप्रपाका केन्द्रीय सदस्य भानु केसी, दामोदर भण्डारी, ऋषिराज देवकोटा, वंशीकुमार शर्मा, भुपाल रावतलगायको सहभागिता थियो। थाहा खबरबाट


खबर सबै
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट






प्रतिक्रिया