

बुटवलको बसपार्क नजिक टिपरको ठक्करबाट १ जनाको मृत्यु



मंसिर ७ बुटवल ।
बुटवलमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । आइतबार दिउँसो बुटवलको बसपार्क नजिक लु २ ख १९०५ नम्बरको टिपरले लु ११ प ४२१६ नम्बरको मोटरसाइकलाई ठक्करलाई दिएको थियो ।
दुर्घटनामा परी मोटरसाइकलका चालक पाल्पाको निस्दी गाउँपालिका–३ का ३३ वर्षीय मान बहादुर सोतीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख डिएसपी प्रतितसिहं राठौरले ग्लोबल आवाजलाई जानकारी दिए । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवलको राजमार्ग चोराहाबाट बसपार्क तर्फ आउँदै गरेको टिपरले सोही दिशाको मोटरसाइकलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परी घाइते भएको सोतीको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको डिएसपी राठौरले बताए ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया