

बुटवलको बसपार्क नजिक टिपरको ठक्करबाट १ जनाको मृत्यु


मंसिर ७ बुटवल ।
बुटवलमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । आइतबार दिउँसो बुटवलको बसपार्क नजिक लु २ ख १९०५ नम्बरको टिपरले लु ११ प ४२१६ नम्बरको मोटरसाइकलाई ठक्करलाई दिएको थियो ।
दुर्घटनामा परी मोटरसाइकलका चालक पाल्पाको निस्दी गाउँपालिका–३ का ३३ वर्षीय मान बहादुर सोतीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख डिएसपी प्रतितसिहं राठौरले ग्लोबल आवाजलाई जानकारी दिए । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवलको राजमार्ग चोराहाबाट बसपार्क तर्फ आउँदै गरेको टिपरले सोही दिशाको मोटरसाइकलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परी घाइते भएको सोतीको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको डिएसपी राठौरले बताए ।


खबर सबै
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा






प्रतिक्रिया