

दाइसँग बाणगंगा खोलामा नुहाउन गएका भाइको शव भारतको बगुलवा खोलामा भेटियो



कपिलवस्तु | शनिबार साँझ बाणगंगा नदिमा आएको बाढीमा परी बेपत्ता भएका १० वषीय बालकको मृत अवस्थामा शव फेला परेको छ । बाणगंगा नगरपालिका वडा नम्बर ८ स्थित बाणगंगा नदिमा एक्कासी आएको बाढी परी बेपत्ता भएका सोही वडा बस्ने १० वर्षी बुद्ध लामाको शव भारतको बगुलाह खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक डिएसपी रिपेन्द्र कुमार सिंहका अनुसार नेपाल भारत सीमा देखि २ किलो मिटर दक्षिणमा भारतीय क्षेत्रको बगुलाह खोलामा बालकको शव फेला परेको हो । नेपाल तर्फको बाणगंगा नदिमा खोजी गर्दा नभेटिएपछि प्रहरीले भारतीय प्रहरीसँगको समन्वयमा खोजी कार्य गरेको उनको भनाइ छ ।
अहिले भारतको सोहरतगण थानामा भारतीय प्रहरीले उनको शव नेपाल प्रहरीलाई जिम्मा लगाएको छ । नेपाल प्रहरले मृतक बालकका आफन्तसँगको समन्वयमा घटनाको बाँकी प्रक्रिया पुरा गर्ने जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
आफ्ना दाई सँग खोलाम नुहाउन गएका बुद्ध लामा नदिमा आएको बाढीमा परी बेपत्ता भएका थिए । उनका दाई १८ वर्षीय रिदम लामाको भने प्रहरीले शकुसल उद्धार गरेको थियो ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया