

बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार



कपिलवस्तु, भदौ २७ गते । बाणगंगा नदीमा एक्कासीआएको बाढीमा फसेका दुई दाजुभाइमध्ये सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार गरिएको छ भने भाइ अझै बेपत्ता छन् । बाणगंगा नगरपालिका–८ बोडगाउँका १८ वर्षीय रिदम लामा र उनका १० वर्षीय भाइ बुद्ध लामा बाणगंगा नगरपालिका–४ स्थित बाणगंगा नदीमा नुहाउन गएका बेला एक्कासी नदीको बहाव बढेपछि फसेका थिए । नदीको बीचमा रहेको टापुमा रुखमा चढेर बसेका रिदमको सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको हो ।
शनिबार साँझ करिब ६ बजेतिर रबर बोटको प्रयोग गरी उद्धार टोलीले रिदमलाई सकुशल उद्धार गरेको सशस्त्र प्रहरी २८ नंं. गणका सशस्त्र प्रहरी उपरिक्षक गोपाल अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार नदीमा एक्कासी बाढी आएपछि दुवै दाजुभाइ फसेको सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली उद्धारमा परिचालन गरिएको थियो । रिदमलाई उद्धार गरिए पनि उनका भाइ बुद्ध भने घटनास्थलमा फेला नपरेपछि खोजी कार्य जारी राखिएको छ ।
सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले नदीको बहाव बढेका कारण रिदम नदीको बीचमा फसेको र सुरक्षाकर्मीले जोखिम मोलेर उद्धार गरेको जानकारी दिनुभयो ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया