

गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका



गुल्मी | गुल्मीको मदाने गाउँपालिका–४ बावनपानीकी ४८ वर्षीया डालकुमारी खत्री मृत फेला पर्नुभएको छ । उहाँ मदाने गाउँपालिका–१ अग्लुङ ठूलाचौरस्थित सन्तबहादुर विष्टको कोदोबारीमा मृत फेला पर्नुभएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार विष्टले मकैबारीमा बँदेल धपाउन जीआई पाइपमा खुला तारबाट विद्युत् प्रवाह गरी छाड्नुभएको थियो । सोही तारमा परी करेन्ट लागेर डालकुमारीको मृत्यु भएको आशंका गरिएको छ । घटनाका सम्बन्धमा विष्टलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक विश्वकर्माले बताउनुभयो ।
गत भदौ २२ गतेदेखि डालकुमारी घरबाट आफन्तकोमा जानुभएको थियो । श्रीमती लामो समयसम्म घर नफर्किएपछि उहाँका श्रीमान् पिमबहादुर खत्रीले भदौ २४ गते इलाका प्रहरी कार्यालय पुर्कोटदहमा खोजतलासका लागि लिखित निवेदन दिनुभएको थियो । घटनास्थलको मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल तम्घासमा राखिएको प्रहरीले जनाएको छ ।


खबर सबै
-
दाङ : खोलामा डुबेर एक युवकको मृत्यु
-
मौसम विज्ञान विभागले भन्यो- अब धान नकाट्नू
-
एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै
-
चक्रवातको प्रभाव : कपिलवस्तु सहित लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
चक्रवातको प्रभाव : कपिलवस्तु सहित लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा







प्रतिक्रिया