

गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका



गुल्मी | गुल्मीको मदाने गाउँपालिका–४ बावनपानीकी ४८ वर्षीया डालकुमारी खत्री मृत फेला पर्नुभएको छ । उहाँ मदाने गाउँपालिका–१ अग्लुङ ठूलाचौरस्थित सन्तबहादुर विष्टको कोदोबारीमा मृत फेला पर्नुभएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार विष्टले मकैबारीमा बँदेल धपाउन जीआई पाइपमा खुला तारबाट विद्युत् प्रवाह गरी छाड्नुभएको थियो । सोही तारमा परी करेन्ट लागेर डालकुमारीको मृत्यु भएको आशंका गरिएको छ । घटनाका सम्बन्धमा विष्टलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक विश्वकर्माले बताउनुभयो ।
गत भदौ २२ गतेदेखि डालकुमारी घरबाट आफन्तकोमा जानुभएको थियो । श्रीमती लामो समयसम्म घर नफर्किएपछि उहाँका श्रीमान् पिमबहादुर खत्रीले भदौ २४ गते इलाका प्रहरी कार्यालय पुर्कोटदहमा खोजतलासका लागि लिखित निवेदन दिनुभएको थियो । घटनास्थलको मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल तम्घासमा राखिएको प्रहरीले जनाएको छ ।


खबर सबै
-
बालविवाहमुक्त वडामै १७ वर्षीया किशोरीको सुत्केरी हुने क्रममा मृत्यु
-
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ घाइते
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?






प्रतिक्रिया