

‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान



जल तथा मौसम विज्ञान विभागकी प्रमुख अर्चना श्रेष्ठले रसुवा–नुवाकोट आसपासका क्षेत्रमा भएको ठूलो क्षतिमा हिमताल फुटेको हुनसक्ने अनुमान गरेकी छन् ।
“अहिलेसम्म यही भनेर ठोस कारण पत्ता लागेको छैन । हिमताल फुटेर पनि हुनसक्छ । पहिरोका कारण ड्याम बन्दै थुनिएर आएको पनि हुनसक्छ । हामी हेर्दैछौँ,” विभाग प्रमुख श्रेष्ठले भनिन् ।
उनले विभागले वस्तुस्थिति पत्ता लगाउन स्याटेलाइटबाट पनि हेरिरहेको जानकारी दिइन् । साथै, उद्धारमा जाने टोलीलाई पानी पर्ने सम्भावनाबारे जानकारी पनि गराइसकेको बताइन् । मौसमका कारण रेस्क्युमा बाधा हुनसक्छ कि सक्दैन भनेर हेरिरहेको जानकारी पनि उनले दिइन् । “मलेखुभन्दा तल मुग्लिन, गजुरीतिर पनि वार्निङ पठाइरहेका छौँ,” विभाग प्रमुख श्रेष्ठले भनिन् ।
विभाग प्रमुख श्रेष्ठले नारायणघाट र त्यसभन्दा तलको क्षेत्रमा सतर्कता अपनाउन मिडियाले पनि सूचना प्रवाह गर्न सुझाइन् । ‘‘खोलानाला घटे भनेर किनारमा जाँदा फेरी फुटेर जोखिम हुनसक्ने भएकाले पूर्ण रूपमा बन्द नभएसम्म सजगता अपनाउनुपर्ने छ,’’ उनले भनिन् ।
विभागले भिन्नै सूचनामार्फत पनि सर्वसाधारणलाई सजग गराएको छ । विभागका अनुसार, अपराह्न रसुवा, नुवाकोट, धादिङ र आसपासका जिल्लाहरूमा आंशिक बादल मात्र रहेको छ । क्रमिक रूपमा बादल बढ्दै गई रसुवा, नुवाकोट आसपासका एक–दुई ठाउँमा भारी पानी समेत पर्ने सम्भावना रहेको छ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया