

भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन


कपिलवस्तु । बाणगङ्गा नगरपालिका–९ भर्तापुरस्थित झर्ना योग पार्कमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम टोल भेला शनिबार सम्पन्न भएको छ।
वडा सभापति नमु गुरुङको अध्यक्षता तथा नारायण खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले झबिन्द्र कुँवरको संयोजकत्वमा ११ सदस्यीय भर्तापुर टोल समिति गठन गरेको छ। समितिको सह–संयोजकमा लक्ष्मी खनाल चयन हुनुभएको छ।
भेलाले राधा खनाललाई वरिष्ठ सल्लाहकारको जिम्मेवारीसमेत दिएको छ।
रास्वपाले संगठन विस्तारलाई तीव्रता दिने उद्देश्यले तत्काल सदस्यता विस्तार, संगठन निर्माण तथा विस्तार, मतदाता नामावलीमा नाम समावेश गराउने अभियान र स्थानीय ‘क्यान्डिडेट क्लब’ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ।
कार्यक्रमको सहजीकरण वडा उपसभापति योगेन्द्र पौडेलले गर्नुभएको थियो।
भेलामा सहभागीहरूले बाणगङ्गा–९ लाई नयाँ तथा वैकल्पिक राजनीतिको आधार क्षेत्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। रास्वपाले स्थानीय तहमा संगठन विस्तारसँगै जनतासँग प्रत्यक्ष जोडिने अभियानलाई प्राथमिकता दिने जनाएको छ।


खबर सबै
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु






प्रतिक्रिया