

काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार



नेपाली पुरुष भलिबल टोलीले काभा पुरुष भलिबल च्याम्पियनसिपमा लगातार चौथो हार बेहोरेको छ।
पाकिस्तानको इस्लामाबादमा आइतबार भएको खेलमा नेपाल बंगलादेशसँग ३–२ को सेटमा पराजित भएको हो। दुई पटक अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा नेपाल निर्णायक पाँचौं सेटमा चुकेको हो।
बंगलादेशले नेपाललाई १८–२५, २५–१९, २१–२५, २५–२३ र १५–११ को सेटमा हरायो। यो प्रतियोगितामा नेपाल पाँचौं सेटसम्म पुगेर पराजित भएको तेस्रो पटक हो।
यसअघि नेपाल पाकिस्तानसँग ३–० तथा श्रीलंका र काजकस्तानसँग ३–२ को सेटमा पराजित भएको थियो।
काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालसहित पाकिस्तान, श्रीलंका, काजकस्तान, बंगलादेश र उज्वेकिस्तान गरी ६ टोली सहभागी छन्। लिग चरणमा सबै टोलीले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् भने शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।
नेपालले राउन्ड रोबिन चरणको अन्तिम खेल सोमबार उज्वेकिस्तानविरुद्ध खेल्नेछ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया