भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले खुला बोर्डरका कारण सीमा क्षेत्रमा धेरै समस्या भोग्नुपरेको बताएका छन्।

शुक्रबार राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा गृहमन्त्री गुरुङले खुला सीमानाका हुँदा अपराधका घटना बढेको बताए।

‘ओपन बोर्डर हुँदा यता खोज्दा उता भाग्ने, उता खोज्दा यता भाग्ने। धेरै कमिकमजोरी ओपन बोर्डर हुनाले देखियो,’ उनले भने।

आफूले सीमावर्ती नाकाको अनुगमनलाई तीव्रता दिएको उल्लेख गर्दै गृहमन्त्रीले भने, ‘छड्के अनुगमन बढाएपछि सीमा क्षेत्रका सुरक्षाकर्मी चनाखो हुने भएकाले यसलाई सकारात्मक रूपमा लिनुपर्छ।’

प्रतिक्रिया

खबर सबै