सरकार दसैँसम्म टिकाओ : दुर्गा प्रसाईँ

 राजावादी अभियन्त्ता तथा व्यवसायी दुर्गा प्रसाईँले वालेन्द्र शाह नेतृत्वको सरकार दसैँसम्म मात्र टिक्ने भविष्यवाणी गरेका छन् । झापाबाट काठमाडौं आउनासाथ निषेधित क्षेत्रमा सार्वजनिक अभिव्यक्ति दिन नपाइने भन्दै प्रहरीले नियन्त्रणमा लिई घरमा लगेर छाडेका प्रसाईँले घरमै पत्रकार सम्मेलन गरी यो जिकिर गरेका हुन् ।

उनले सरकार जुन बाटो आएको त्यही बाटो जाने दाबी गरे । प्रसाईँको भनाइ थियो, ‘दसैँसम्म हेर तिमीहरू । दसैँसम्म टिकाओ । जुनबाटो आएको थियो त्यही बाटो जान्छौ । जुन तरिकाले बम बारुद थुलो, आगोको लप्का थियो नि त्यही तरिकाले तिमीहरू जाँदैछौ । सिकाएको तिमीहरूले नै हो । अर्काको घरमा आगो लगाउन तिमीहरूले नै सिकाएका हैनौ रु’

उनले आफू भँडुवा भन्दै सरकारले धरपकड गरिरहेको र फसाउन लागिरहेको भन्दै त्यो सफल नहुने बताए ।

प्रसाईँले भने, ‘दुर्गा प्रसाईँले बोल्छ भनेर भँडुवा भनेको छ उचालेर हिँड्यो भनेको छ । सुकुमबासीलाई मैले खोलामा हालेको हो रु गणेशलाई मर्ने मैले बनाइदिएको हो ?’

वालेन सरकार अल्गोरिदम कब्जा गरेर फाँसिवाद ल्याउनतिर लागेको उनले ठोकुवा गरे ।

‘बोल्नै नहुने भएको छ । गणेशले जरिवाना तिर्न नसकेर आत्मदाह गर्‍यो भन्दैछन् घण्टेहरू । उनीहरूजस्तो लुटेरा हो रु यस्तो त राक्षसहरूको भूगोलमा पनि हुँदैन । अब अल्गोरिदम हाम्रो पक्षमा आउँछ । हाम्रो अभियानले सार्थकता पाउँछ ।’

उनले यो व्यवस्थाले नागरिकलाई आफैँमाथि पेट्रोल खन्याएर मर्ने बनाएको भन्दै आफूहरूले गरीखान देऊमात्र भनेको बताए ।

प्रतिक्रिया

खबर सबै