

सरकार दसैँसम्म टिकाओ : दुर्गा प्रसाईँ



राजावादी अभियन्त्ता तथा व्यवसायी दुर्गा प्रसाईँले वालेन्द्र शाह नेतृत्वको सरकार दसैँसम्म मात्र टिक्ने भविष्यवाणी गरेका छन् । झापाबाट काठमाडौं आउनासाथ निषेधित क्षेत्रमा सार्वजनिक अभिव्यक्ति दिन नपाइने भन्दै प्रहरीले नियन्त्रणमा लिई घरमा लगेर छाडेका प्रसाईँले घरमै पत्रकार सम्मेलन गरी यो जिकिर गरेका हुन् ।
उनले सरकार जुन बाटो आएको त्यही बाटो जाने दाबी गरे । प्रसाईँको भनाइ थियो, ‘दसैँसम्म हेर तिमीहरू । दसैँसम्म टिकाओ । जुनबाटो आएको थियो त्यही बाटो जान्छौ । जुन तरिकाले बम बारुद थुलो, आगोको लप्का थियो नि त्यही तरिकाले तिमीहरू जाँदैछौ । सिकाएको तिमीहरूले नै हो । अर्काको घरमा आगो लगाउन तिमीहरूले नै सिकाएका हैनौ रु’
उनले आफू भँडुवा भन्दै सरकारले धरपकड गरिरहेको र फसाउन लागिरहेको भन्दै त्यो सफल नहुने बताए ।
प्रसाईँले भने, ‘दुर्गा प्रसाईँले बोल्छ भनेर भँडुवा भनेको छ उचालेर हिँड्यो भनेको छ । सुकुमबासीलाई मैले खोलामा हालेको हो रु गणेशलाई मर्ने मैले बनाइदिएको हो ?’
वालेन सरकार अल्गोरिदम कब्जा गरेर फाँसिवाद ल्याउनतिर लागेको उनले ठोकुवा गरे ।
‘बोल्नै नहुने भएको छ । गणेशले जरिवाना तिर्न नसकेर आत्मदाह गर्यो भन्दैछन् घण्टेहरू । उनीहरूजस्तो लुटेरा हो रु यस्तो त राक्षसहरूको भूगोलमा पनि हुँदैन । अब अल्गोरिदम हाम्रो पक्षमा आउँछ । हाम्रो अभियानले सार्थकता पाउँछ ।’
उनले यो व्यवस्थाले नागरिकलाई आफैँमाथि पेट्रोल खन्याएर मर्ने बनाएको भन्दै आफूहरूले गरीखान देऊमात्र भनेको बताए ।


खबर सबै
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की
-
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा
-
सरकारले विदेशसँग माग्यो उद्धार सामग्री






प्रतिक्रिया