विश्वकप फुटबलको सेमिफाइनलमा पुग्न बेल्जियम र स्पेन शुक्रबार राति खेल्ने

फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा बेल्जियमले स्पेनसँग शुक्रबार राति खेल्ने भएको छ । यी दुई युरोपेली देशबीच सेमिफाइनलमा पुग्न नेपाली समयअनुसार शुक्रबार मध्यराति पौने १ बजे खेल हुनेछ ।

अन्तिम–१६ को आज बिहान र गएराति भएका खेलमा स्पेन र बेल्जियमले जित निकालेर अघिल्लो चरणमा पुगेका हुन् । स्पेनले पोर्चुगललाई एक गोलले तथा बेल्जियमले आयोजक अमेरिकालाई ४–१ गोलले हरायो । बेल्जियम आठ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा पुग्यो भने स्पेन सन् २०१० पछि पुगेको हो ।

त्यसअघि बिहीबार राति पौने २ बजे क्वार्टरफाइनलमा फ्रान्स र मोरक्कोबीच खेल हुनेछ । विश्वकप फुटबलको अन्तिम–१६ मा आज बेलुका साविक विजेता अर्जेन्टिना र इजिप्टले खेल्दैछन् । यो खेल नेपाली समयअनुसार राति पौने १० बजे शुरु हुनेछ ।

अर्जेन्टिनाले नकआउट चरणमा केब भर्डेलाई तथा इजिप्टले पेनाल्टी सुटआउटमा अष्ट्रेलियालाई हराएको हो । प्रि–क्वाटरफाइनलको अन्तिम खेलमा आज राति स्विजरल्याण्ड र कोलम्बियाले खेल्दैछन् । यो खेल नेपाली समयअनुसार राति पौने २ बजे शुरु हुनेछ ।

प्रतिक्रिया

खबर सबै