

विश्वकप फुटबलको सेमिफाइनलमा पुग्न बेल्जियम र स्पेन शुक्रबार राति खेल्ने



फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा बेल्जियमले स्पेनसँग शुक्रबार राति खेल्ने भएको छ । यी दुई युरोपेली देशबीच सेमिफाइनलमा पुग्न नेपाली समयअनुसार शुक्रबार मध्यराति पौने १ बजे खेल हुनेछ ।
अन्तिम–१६ को आज बिहान र गएराति भएका खेलमा स्पेन र बेल्जियमले जित निकालेर अघिल्लो चरणमा पुगेका हुन् । स्पेनले पोर्चुगललाई एक गोलले तथा बेल्जियमले आयोजक अमेरिकालाई ४–१ गोलले हरायो । बेल्जियम आठ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा पुग्यो भने स्पेन सन् २०१० पछि पुगेको हो ।
त्यसअघि बिहीबार राति पौने २ बजे क्वार्टरफाइनलमा फ्रान्स र मोरक्कोबीच खेल हुनेछ । विश्वकप फुटबलको अन्तिम–१६ मा आज बेलुका साविक विजेता अर्जेन्टिना र इजिप्टले खेल्दैछन् । यो खेल नेपाली समयअनुसार राति पौने १० बजे शुरु हुनेछ ।
अर्जेन्टिनाले नकआउट चरणमा केब भर्डेलाई तथा इजिप्टले पेनाल्टी सुटआउटमा अष्ट्रेलियालाई हराएको हो । प्रि–क्वाटरफाइनलको अन्तिम खेलमा आज राति स्विजरल्याण्ड र कोलम्बियाले खेल्दैछन् । यो खेल नेपाली समयअनुसार राति पौने २ बजे शुरु हुनेछ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया