

अमेरिका र इरानबीच एक-अर्कामाथि आक्रमण रोक्ने सहमति



केही दिनयता एकअर्कामाथि सैन्य आक्रमण गरिरहेका अमेरिका र इरानले तत्कालका लागि सबै सैन्य गतिविधि रोक्ने सहमति गरेका छन् । रोयटर्सका अनुसार दुवै देशले हर्मुज विवाद समाधान गर्न भोलि मंगलवार कतारको दोहामा प्राविधिक वार्ता गर्ने तयारी गरेका खबरमा उल्लेख छ ।
वार्ताको अवधिभर दुवै पक्षले सैन्य कारबाही स्थगित गर्ने र व्यापारिक जहाजहरूलाई हर्मुज जलमार्गबाट निर्बाध आवतजावत गर्न दिने समझदारी बनेको छ । यद्यपि वाशिङ्टन र तेहरानले यसबारे औपचारिक प्रतिक्रिया दिएका छैनन् ।
यसैबीच इरानका विदेशमन्त्री अब्बास अराघचीले हर्मुज जलमार्गको व्यवस्थापन र सुरक्षा पूर्ण रूपमा इरानको जिम्मेवारी भएको बताउनुभएको छ । पछिल्ला केही दिनयता हर्मुज जलमार्ग जहाज सञ्चालनको विषयलाई लिएर अमेरिका र इरानबीच तनाव बढेको थियो ।
अमेरिकाले इरानका केही तटीय क्षेत्रमा आक्रमण गरेपछि इरानले पनि बहराइन र कुवेतमा अमेरिकी सैन्य इलाकालाई लक्षित गर्दै क्षेप्यास्त्र तथा ड्रोन प्रहार गरेको थियो । दोहामा हुने वार्ताले हर्मुजको सुरक्षा, अन्तर्राष्ट्रिय जलमार्गमा व्यापारिक जहाजको आवागमन तथा अमेरिका–इरानबीचको पछिल्लो तनावलाई कूटनीतिक रूपमा समाधान गर्ने अपेक्षा गरिएको छ ।


खबर सबै
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित







प्रतिक्रिया