

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन् ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानको निम्ति पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको हो । पौडेल सोमबार पार्टी पुनर्गठन अभियान लिएर सुर्खेत पुगेका थिए ।
उनलाई वीरेन्द्रनगरस्थित शुभम होटलमा आयोजित पार्टीको कार्यक्रमस्थलबाटै सोमबार अपराह्न प्रहरीले नियन्त्रणमा लिएको हो ।
एमालेको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदल सदस्य छविलाल विश्वकर्माले बाह्रखरीसित भने, “सम्पत्ति शुद्धीकरण विभागको सुर्खेत प्रहरीको सहयोगमा पक्राउ परेको गरेको भन्ने सुनिएको छ । सुर्खेतबाट काठमाडौं ल्याइँदै छ भन्ने कुरा आयो ।”
सुर्खेत प्रहरी स्रोतका अनुसार पौडेललाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ । उनलाई आजै काठमाडौं पठाउने तयारी भइरहेको प्रहरी स्रोतले बतायो ।
उनलाई पक्राउ गर्नुअघि विभागले भैँसेपाटीस्थित पौडेलको घरमा छापा मारेको थियो ।


खबर सबै
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु
-
कोशी प्रदेशबाट मनसुन नेपाल भित्रियो
-
प्यूठान : विद्यालयबाट फर्केका नाबालक दाजुभाइ पुगेनन् घर, भेटियो शव
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु
-
कोशी प्रदेशबाट मनसुन नेपाल भित्रियो
-
प्यूठान : विद्यालयबाट फर्केका नाबालक दाजुभाइ पुगेनन् घर, भेटियो शव
-
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै
-
विश्वकप फुटबल : मेस्सीको सानदार ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात
-
जंगलमा लुकाइ छिपाइ राखेको अवस्थामा १६ नाल भरुवा बन्दुक बरामद









प्रतिक्रिया