

केशव स्मृति 9A साइट फुटबलको फाइनलमा आयोजक जिनुवा र राजपुर भिड्ने



वाणगंगा ९, जिनुवामा जारी प्रथम केशब स्मृति 9A साइट फुटबल प्रतियोगिताको फाइनमा आयोजक जिनुवा स्पोट्स एण्ड लिङ्कन सोसाइटी र दर्पण युवा क्लव राजपुर भड्ने भएका छन् ।
कुल २८ टोलि सहभागि रहेको प्रतियोगितामा न्यु बुद्ध स्पोट्सलाइ १ का बिरुद्ध ० ले हराउदै दर्पण युवा क्लव राजपुर फाइनल पुगेको हो भने वाणगंगा १० को बनकसीया फुटवल क्लवलाइ निर्धारित समयमा ३–३ को बराबरी पश्चात ट्राइ ब्रेकरमा ३–२ ले बनकसीया फुटवल क्लवलाइ आयोजक जिनुवा स्पोट्स एण्ड लिङ्कन सोसाइटी हराउदै फाइनल पुगेका हो ।
जारी प्रतियोगिताको फाइनल खेल जेष्ठ २८ गते बिहिबार हुनेछ ।
जिनुवा स्पोट्स एण्ड लिङ्कन सोसाइटीको आयोजनामा रहेको प्रथम केशव स्मृति साइट फुटबल प्रतियोगिता २०८३ को प्रथम हुनेले नगद २५ हजार सहित सिल्ड, मेडल र प्रमाण पत्र पाउने छ भने रनज अपले नगद १५ हजार सहित सिल्ड, मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया