

रास्वपा गुल्मी सभापतिमा हरि श्रेष्ठ निर्वाचित



बुटवल | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गुल्मी जिल्ला सभापतिमा हरि श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले ११८ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी मानबहादुर घर्ती क्षेत्रीले ११३ मत ल्याएका निर्वाचन समितिले जनाएको छ ।
गुल्मी उपसभापतिमा प्रगति रानामगर १२७ मतसहित निर्वाचित भइन् । उनका प्रतिस्पर्धी निशेष श्रेष्ठले ९१ र भरत पोखरेलले १४ मत प्राप्त गरे ।
सचिवमा देवराज पाण्डे विजयी भए । उनले १८९ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी नीरज मरासिनीले ४० मत पाए ।
सहसचिवमा सागर पाण्डे निर्विरोध निर्वाचित भए । कोषाध्यक्ष भने पछि मनोनयनमार्फत चयन गरिने रास्वपाले जनाएको छ ।
सदस्यमा माया नेपाली, माया जिसी, देवकला राना, भागवत गिरी र प्रेमबहादुर सुनार चुनिए ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया