

रास्वपा गुल्मी सभापतिमा हरि श्रेष्ठ निर्वाचित



बुटवल | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गुल्मी जिल्ला सभापतिमा हरि श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले ११८ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी मानबहादुर घर्ती क्षेत्रीले ११३ मत ल्याएका निर्वाचन समितिले जनाएको छ ।
गुल्मी उपसभापतिमा प्रगति रानामगर १२७ मतसहित निर्वाचित भइन् । उनका प्रतिस्पर्धी निशेष श्रेष्ठले ९१ र भरत पोखरेलले १४ मत प्राप्त गरे ।
सचिवमा देवराज पाण्डे विजयी भए । उनले १८९ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी नीरज मरासिनीले ४० मत पाए ।
सहसचिवमा सागर पाण्डे निर्विरोध निर्वाचित भए । कोषाध्यक्ष भने पछि मनोनयनमार्फत चयन गरिने रास्वपाले जनाएको छ ।
सदस्यमा माया नेपाली, माया जिसी, देवकला राना, भागवत गिरी र प्रेमबहादुर सुनार चुनिए ।


खबर सबै
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की
-
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा
-
सरकारले विदेशसँग माग्यो उद्धार सामग्री






प्रतिक्रिया