बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन,  गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि

आईपीएल २०२६ को उपाधि साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरुले जितेको छ । आइतबार भएको फाइनलमा गुजरात टाइटन्सलाई ५ विकेटकाे  हार चखाउँदै बेंगलुरुले उपाधि रक्षा गरेको हो ।

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको फाइनलमा बेंगलुरुले गुजरातमाथि दाेस्राे पटक जित निकालेकाे हाे । बेंगलुरुले गत संस्करणको फाइनलमा पन्जाब किङ्सलाई हराउँदै पहिलोपटक आईपीएलको उपाधि जितेको थियो ।

आज सम्पन्न फिनालेमा गुजरातले दिएको १५६ रनको मध्यम लक्ष्य बेंगलुरुले १८ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो ।  बेंगलुरुका लागि विराट कोहलीले सर्वाधिक अविजित ७५ रन बनाए । ४२ बल खेलेका उनले ९ चौका र ३ छक्का प्रहार गरे । भेनकटेश अय्यरले ३२ रन बनाए ।

गुजरातका लागि राशिद खानले २ विकेट लिए भने मोहम्मद सिराज, कगिसो रबाडा र अर्शद खानले १-१ विकेट लिए ।  टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १५५ रन बनाएको थियो । वासिङ्टन सुन्दरले सर्वाधिक अविजित ५० रन बनाए । निशान्त सिन्धुले २० तथा जस बट्लरले १९ रन बनाए ।

rcb win

बेंगलुरुका लागि रसिख सलामले ४ ओभरमा २७ रन दिएर ३ विकेट लिए  । जोश हेजलवूड र भुवनेश्वर कुमारले २-२ तथा क्रुनाल पान्ड्याले १ विकेट लिए । यसअघि पहिलो क्वालिफायरमा पनि बेंगलुरुले गुजरातलाई पराजित गरेको थियो । लिग चरणमा पनि बेंगलुरु शीर्षस्थानमा रहेर फिनिस गरेको थियो ।

आईपीएलमा लगातार दुई उपाधि जित्ने बेंगलुरु तेस्रो टोली हो । यसअघि चेन्नई सुपर किङ्सले सन् २०१० र २०११ तथा मुम्बई इन्डियन्सले सन् २०१९ र २०२० मा लगातार उपाधि जितेका थिए ।

आईपीएलको सर्वााधिक उपाधि जित्नेमा पनि चेन्नई र मुम्बई अगाडि छन् । दुवैले ५-५ पटक उपाधि जितेका छन् । कोलकाता नाइट राइडर्सले ३ पटक उपाधि जितेको छ भने राजस्थान रोयल्स, डेक्कन चार्जर्स, सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सले १-१ उपाधि जितेका छन् ।

facebook sharing button

प्रतिक्रिया

खबर सबै