

साफ महिला च्याम्पियनसिप : नेपालको विजयी सुरुआत



भुटानविरुद्ध १–० को कठिन जित निकाल्दै नेपालले भारतको गोवामा आजदेखि सुरु भएको साफ महिला च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ । यो जितसँगै समूह ‘ए’ मा रहेको नेपालले तालिकामा पहिलो तीन अंक जोडेको छ ।
भारतको गोवास्थित जवहरलाल नेहरु रंगशालामा भएको उक्त खेलमा नेपाललाई जित दिलाउन रक्षक गीता राना निर्णायक बनिन् । उनले २३औँ मिनेटमा अग्रता दिलाएको अग्रतालाई अन्तिम समयसम्म जोगाउँदै नेपालले जित निकालेको हो ।
नेपालले जितबाट सेमिफाइनल छनोट सम्भावना पनि बलियो बनाएको छ । अब दोस्रो खेलमा नेपालले श्रीलंकासँग खेल्ने तालिका छ ।
हारसँगै भुटानले भने प्रतियोगितामा खराब सुरुआत गरेको छ । साथै, भुटानको सेमिफाइनल छनोट सम्भावना पनि कमजोर बनेको छ ।


खबर सबै
-
कपिलवस्तुमा सवारी दुर्घटना : एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य नीति : हवाई उद्धारदेखि टेलिमेडिसिनसम्म
-
साफ महिला च्याम्पियनसिप : नेपालको विजयी सुरुआत
-
समस्याग्रस्त पाटेबाघ पाल्नै समस्या
-
कपिलवस्तु : बुद्धको प्रतिमासहितको बगैँचा अलपत्र
-
लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
-
समस्याग्रस्त पाटेबाघ पाल्नै समस्या
-
कपिलवस्तु : बुद्धको प्रतिमासहितको बगैँचा अलपत्र
-
लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
-
कपिल प्रज्ञा पुस्तकालयको सातौँ वार्षिक साधारणसभा सम्पन्न
-
बाणगंगामा क्रिकेटको महाउत्सव : प्रथम ग्यालेक्सी क्रिकेट प्रतियोगिता सुरु, वाणगंगा नदीको ढुंगाबाट ऐतिहासिक ट्रफी
-
काभा महिला भलिबल : कीर्गिस्तानमाथि नेपालको जित











प्रतिक्रिया