

साफ महिला च्याम्पियनसिप : नेपालको विजयी सुरुआत



भुटानविरुद्ध १–० को कठिन जित निकाल्दै नेपालले भारतको गोवामा आजदेखि सुरु भएको साफ महिला च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ । यो जितसँगै समूह ‘ए’ मा रहेको नेपालले तालिकामा पहिलो तीन अंक जोडेको छ ।
भारतको गोवास्थित जवहरलाल नेहरु रंगशालामा भएको उक्त खेलमा नेपाललाई जित दिलाउन रक्षक गीता राना निर्णायक बनिन् । उनले २३औँ मिनेटमा अग्रता दिलाएको अग्रतालाई अन्तिम समयसम्म जोगाउँदै नेपालले जित निकालेको हो ।
नेपालले जितबाट सेमिफाइनल छनोट सम्भावना पनि बलियो बनाएको छ । अब दोस्रो खेलमा नेपालले श्रीलंकासँग खेल्ने तालिका छ ।
हारसँगै भुटानले भने प्रतियोगितामा खराब सुरुआत गरेको छ । साथै, भुटानको सेमिफाइनल छनोट सम्भावना पनि कमजोर बनेको छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया