

बाघको आहारा प्रजातिको गणना



बाघ गणना अन्तिम चरणमा पुगेपछि बर्दियामा बाघको आहारा प्रजातिको गणना भइरहेको छ । निकुञ्जभित्र रहेका बाघको आहारा जरायो, बाह्रसिङ्गे, चित्तल, लगुना, रतुवा, बँदेल, बाँदरलगायत प्रजातिका वन्यजन्तुको गणना गरिन थालिएको हो ।
आहार प्रजातिको गणनासँगै बाघको सङ्ख्याको अनुपातमा आहारा प्रजाति उपलब्ध छन् की छैनन् भन्ने अध्ययन हुने बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । आहारा प्रजाति बढाउनका लागि निकुञ्जमा घाँसे मैदानको व्यवस्थापन समेत गर्ने गरिन्छ । राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अजित तुम्बाहाम्फेले आहारा प्रजातिका लागि चाहिने घाँसे मैदान, पानीलगायतको प्राकृतिक स्रोतसाधन भए/नभएको समेत अनुगमन गरिने बताउनुभयो । उहाँले बाघको आहाराको अवस्था पत्ता लगाउनु नै मुख्य उद्देश्य रहेको बताउनुभयो ।
बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेलले एक साताअघिदेखि सुरु गरिएको गणना अझै एक साता चल्ने जानकारी गराउनुभयो । उहाँले गणनाका लागि पाँच ओटा हात्ती, करिब ५० जना जनशक्ति र आवश्यकता अनुसार केही सवारीसाधनसमेत परिचालन गरिएको बताउनुभयो । बाघको आहारा प्रजातिको अवस्था र खाद्य सन्तुलनको अवस्थाको पहिचान हुने पनि उहाँले बताउनुभयो ।
बर्दिया राष्ट्रिय निकुञ्जमा गरिएको बाघ गणनाको अन्तिम परिणाम भने प्रकाशित भएको छैन । विगतको तुलनामा बाघको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ । २०७९ सालमा गरिएको बाघ गणनामा १२५ ओटा बाघ फेला परेका थिए ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया