

बाघको आहारा प्रजातिको गणना



बाघ गणना अन्तिम चरणमा पुगेपछि बर्दियामा बाघको आहारा प्रजातिको गणना भइरहेको छ । निकुञ्जभित्र रहेका बाघको आहारा जरायो, बाह्रसिङ्गे, चित्तल, लगुना, रतुवा, बँदेल, बाँदरलगायत प्रजातिका वन्यजन्तुको गणना गरिन थालिएको हो ।
आहार प्रजातिको गणनासँगै बाघको सङ्ख्याको अनुपातमा आहारा प्रजाति उपलब्ध छन् की छैनन् भन्ने अध्ययन हुने बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । आहारा प्रजाति बढाउनका लागि निकुञ्जमा घाँसे मैदानको व्यवस्थापन समेत गर्ने गरिन्छ । राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अजित तुम्बाहाम्फेले आहारा प्रजातिका लागि चाहिने घाँसे मैदान, पानीलगायतको प्राकृतिक स्रोतसाधन भए/नभएको समेत अनुगमन गरिने बताउनुभयो । उहाँले बाघको आहाराको अवस्था पत्ता लगाउनु नै मुख्य उद्देश्य रहेको बताउनुभयो ।
बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेलले एक साताअघिदेखि सुरु गरिएको गणना अझै एक साता चल्ने जानकारी गराउनुभयो । उहाँले गणनाका लागि पाँच ओटा हात्ती, करिब ५० जना जनशक्ति र आवश्यकता अनुसार केही सवारीसाधनसमेत परिचालन गरिएको बताउनुभयो । बाघको आहारा प्रजातिको अवस्था र खाद्य सन्तुलनको अवस्थाको पहिचान हुने पनि उहाँले बताउनुभयो ।
बर्दिया राष्ट्रिय निकुञ्जमा गरिएको बाघ गणनाको अन्तिम परिणाम भने प्रकाशित भएको छैन । विगतको तुलनामा बाघको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ । २०७९ सालमा गरिएको बाघ गणनामा १२५ ओटा बाघ फेला परेका थिए ।


खबर सबै
-
लायन्स क्लब अफ कपिलवस्तुद्वारा “शिव–तुलसा स्मृति छात्रवृत्ति” विद्यार्थीहरुलाई वितरण
-
जेठ १४ गते बकर ईद : सरकारले दियाे सार्वजनिक बिदा
-
दलित समुदायका याेजना निति तथा कार्यक्रममा नपरेकाे गुनासो
-
सैनामैना : वैकल्पिक सडकमा धुवाँ र धुलो
-
बाघको आहारा प्रजातिको गणना
-
बाणगंगा २ मा तेस्रो “डि.वाई.सी कप” खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु
-
सैनामैना : वैकल्पिक सडकमा धुवाँ र धुलो
-
बाघको आहारा प्रजातिको गणना
-
बाणगंगा २ मा तेस्रो “डि.वाई.सी कप” खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु
-
रास्वपा कपिलवस्तुकाे अधिवेशन :केन्द्रबाटै सांसद र नेताहरुलाई दिइयाे जिम्मेवारी
-
बाणगंगा वेलफेयरको सामाजिक अभियानमा सक्रिय भूमिका निभाएका पौडेल सम्मानित
-
४ जीपीए प्राप्त पाण्डेलाई लाख बराबरको नगद पुरस्कार सहित लिटल स्टारले गर्यो उत्कृष्ट विद्यार्थी सम्मान











प्रतिक्रिया