

संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सुरु हुने



संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सुरु हुने भएको छ। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार अधिवेशन आह्वान गरेका हुन्।
वजेट अधिवेशनसमेत भनिने बर्खे अधिवेशन वैशाख २८ गते दिउँसो २ बजेका लागि आह्वान भएको राष्ट्रपति कार्यालयले जनाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सरकारले मंगलबारमात्रै राष्ट्रपतिसमक्ष अधिवेशन आह्वानको सिफारिस गरेको थियो।
यसअघि पनि सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख १७ गतेका लागि अधिवेशन आह्वान गरेका थिए, तर पछि तयारी नपुग्ने भन्दै सरकारले नै अधिवेशन स्थगित गर्न राष्ट्रपतिलाई आग्रह गरेको थियो।
वैशाख २८ गते सुरु हुने अधिवेशनमा सरकारले वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्नेछ। बजेट संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते सार्वजनिक हुनेछ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया