

जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ



दाङ : सल्यानमा भवन निर्माणका लागि जग खन्ने क्रममा ठूलो मात्रामा विस्फोटक पदार्थ फेला परेको छ। जिल्ला प्रहरी कार्यालय सल्यानको कम्पाउण्डभित्र नयाँ भवन निर्माणका लागि जग खन्ने क्रममा पुराना बम तथा बम बनाउने सामग्री भेटिएको हो।
प्रहरीका अनुसार उत्खननका क्रममा ८२ वटा सकेट बम, ३ वटा सुतली बम, १ बोतल बम, ७ थान रेडियो वेभ, करिब ५०० ग्राम विस्फोटक पदार्थ, बम बनाउन प्रयोग हुने करिब २ केजी पार्ट पुर्जा तथा १० मिटर फायरिङ केबल फेला परेका छन्।
भैरहवास्थित भक्तिगणबाट इन्जिनियरसहितको विशेष टोली तथा सल्यान सिमखर्कस्थित सिद्धिबक्स गणबाट आएको नेपाली सेनाको टोलीले घटनास्थलमा पुगेर बम निष्क्रिय पार्ने कार्यमा जुटेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
प्रारम्भिक अनुमान अनुसार ती विस्फोटक पदार्थ सशस्त्र द्वन्द्वकालका बेला सुरक्षित रूपमा लुकाइएका हुन सक्ने देखिएको छ।
घटनापछि उक्त क्षेत्रलाई उच्च सतर्कतामा राखिएको छ भने स्थानीयलाई सावधानी अपनाउन आग्रह गरिएको प्रहरीले जनाएको छ। प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया