

कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी



कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीका अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रम कपिलवस्तु नगरपालिका कार्यालयबाट सुरु भई जिल्ला प्रशासन कार्यालय अगाडिको चोक, गौढी चोक हुँदै मङ्गल विहारमा पुगेर पूजाआर्चनासहित सम्पन्न भएको हो ।
सहभागीहरूले बुद्धका उपदेशसम्बन्धी नारा लगाउँदै शान्ति र सहिष्णुताको सन्देश फैलाएका थिए । त्यस्तै लुम्बिनीबाट आएका पर्यटकलाई कपिलवस्तु नगरपालिका अगाडि खादा लगाएर स्वागत गरिएको लुम्बिनी विकास कोषका पूर्व कार्यकारी सदस्य राजेश ज्ञावालीले बताउनुभयो ।
कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले बुद्धका शिक्षालाई व्यवहारमा उतार्दै समाजमा शान्ति र सद्भाव कायम गर्न सबैलाई आह्वान गर्नुभयो ।
शान्ति, अहिंसा र सद्भावको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा स्थानीय बासिन्दा, सुरक्षाकर्मी, विभिन्न सङ्घसंस्था तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रम कपिलवस्तु नगरपालिकाको सहयोगमा २५७०औँ बुद्ध जयन्ती मूल आयोजक समिति–२०८३ कपिलवस्तुले आयोजना गरेको हो । बुद्ध जयन्तीको अवसरमा चित्रकला तथा वक्तृत्वकला प्रतियोगिता समेत गरिएको थियो ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया