

नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ



बीमा सम्बन्धी ऐन, २०७९ अन्तर्गतको कसूरमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौं जिल्ला अदालत, बबरमहलबाट वैशाख १४ गते पक्राउ अनुमति लिएए अध्यक्ष आशिष श्रेष्ठलाई मंगलबार काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-५ बाट पक्राउ गरिएको जनाएको छ ।
नेपाल बीमा प्राधिकरण, कुपण्डोल ललितपुरको वैशाख ८ गतेको पत्रअनुसार आकस्मिक स्थलगत निरीक्षण प्रतिवेदनमा निष्कर्ष तथा सुझावसहित अनुसन्धानका लागि विवरण प्राप्त भएको र उक्त प्रतिवेदनमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडसमेतको संलग्नतामा बीमा ऐन, २०७९ को दफा १४० को उपदफा १ को खण्ड (छ) बमोजिम कसूर गरेको उल्लेख गरिएको ब्यूरोले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया