कपिलवस्तुमा रोकिराखेको ट्रकमा स्कर्पियो ठोक्किदा दुर्घटना, दुई जनाको मृत्यु

। कपिलवस्तुमा पार्किङ गरिएको ट्रकमा स्कर्पियो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

बहादुरगन्ज-तौलिहवा हुलाकी सडक खण्डअन्तर्गत गएराति कपिलवस्तु नगरपालिका १२ पिप्रराहवामा  भएको उक्त दुर्घटनामा २ जनाको मृत्यु भएको र तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।

बहादुरगन्ज-तौलिहवा हुलाकी सडक खण्डअन्तर्गतकाे पिप्ररहवामा रोकिराखिएको ट्रकमा बहादुरगंजबाट तौलिहवातर्फ आउँदै गरेको UP 32 CA 8343 नम्बरको भारतीय स्कार्पियो ठोक्किँदा साे दुर्घटना भएको थियो । 

उक्त स्कर्पियो सडक किनारमा रोकि राखेकाे लु १ ख ९५४९ नम्बरको ट्रकमा ठोक्किँदा कपिलवस्तु नगरपालिका-११ का ५० वर्षीय राधेश्याम कुर्मी र शिवराज नगरपालिका-६ की ५५ वर्षीया चिन्नी कुर्मीको मृत्यु भएको छ ।

दुवैको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । घाइते तीन जनाको उपचार जारी रहेको र चिन्ताजनक अवस्था नरहेको बताइएको छ ।

प्रतिक्रिया

खबर सबै